अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हराएका तथा चोरी भएका जिन्सी सामान फेला पार्नेलाई फिर्ता गरिदिन आग्रह गरेको छ।
आइतबार सार्वजनिक सूचना प्रकाशित गरी अख्तियारले भदौ २४ गतेको आन्दोलनको क्रममा आयोग र मातहतका कार्यालयहरु (इटहरी, हेटौँडा, पोखरा, बुटवल लगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधनहरू (चार पाङ्ग्रे र दुई पाङ्ग्रे), टीभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पा लगायतका सामानहरु लुटपाट एवं चोरी भएको जनाएको छ।
उक्त तोडफोड र चोरीमा संलग्नहरूको सीसीटीभी फुटेज मार्फत पहिचान गर्ने कार्य भैरहेको भन्दै कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नु भएको भए उक्त सामग्रीहरु काठमाडौको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत् तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनुहुन अनुरोध गरिएको छ।
अन्यथा कानुन बमोजिम कारबाही गर्ने पनि अख्तियारले चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया