ad ad

समाज


जनकपुरको बाटोमा पैसा छरेको नभई झरेको पुष्टि, दुवै महिला रिहा

जनकपुरको बाटोमा पैसा छरेको नभई झरेको पुष्टि, दुवै महिला रिहा

शैलेन्द्र महतो
बैशाख ७, २०७७ आइतबार १५:४,

जनकपुरको बाटोमा पैसा फालेर त्रास फैलाएको आरोपमा पक्राउ परेका दुवै महिला रिहा भएका छन्। पैसा फालेको र उनीहरुमा कोरोना समेत पुष्टि नभएपछि दुवै महिलालाई प्रहरीले आइतबार रिहा गरेको हो।

प्रहरीले सीसीटिभी फुटेज, प्रत्यक्षदर्शीको भनाई र दुवै महिलाको बयानको आधारमा अनुसन्धान गर्दा ती महिलाहरुले पैसा फालेको पुष्टि नभएको र कोरोना पोजेटिभ समेत नदेखिएकाले दुवैजनालाई छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

ती महिलाहरुले बयानको क्रममा बैंकबाट पैसा साटेर घर जाँदै गर्दा महावीर चौकमा पुग्दा प्रहरीलाई देखेर दौडिन थालेपछि पैसा बाटोमै झरेको तथ्य भेटिएको प्रहरी नायव उपरीक्षक कार्कीको भनाइ छ।

‘अनुसन्धानबाट नत ती दुवै जनाले पैसा फालेको र न ती दुवै महिलामा कोरोना पोजेटिभ भेटिएको छ। त्यसैले दुवै महिलालाई आफ्नै होम क्वारेन्टाइनमा बस्न भन्दै छाडिएको छ’ प्रहरी नायव उपरीक्षक कार्कीले भने।

गएको शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेर कोरोना फैलाउने त्रास सृजना गरेको आरोपमा प्रहरीले दुई महिलालाई शनिबार दिउँसो उनीहरुको आफ्नै घरबाट पक्राउ गरेको थियो।

पक्राउ पश्चात प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा पठाई दुवैजनाको अरडीटी परिक्षण गरेको थियो। आरडीटी परिक्षणमा एक महिलामा कोरोना पोजेटिभ देखिएपछि दुवै महिलालाई पुनः पीसीआर प्रविधिबाट स्वाब परिक्षण गरिएको छ। पीसीआर परिक्षणमा दुवैजनाको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरु नन्द र भाउजू हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .