समाज


१५ भदौको राशिफल: मिथुनको रोकिएका काम पुनः सुरु हुने, कर्कटको घरमा पाहुना आउने, तपाईँको के?

१५ भदौको राशिफल: मिथुनको रोकिएका काम पुनः सुरु हुने, कर्कटको घरमा पाहुना आउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
भदौ १५, २०८२ आइतबार ४:१२, काठमाडौँ

आज भाद्र १५ गते शनिबार, ३१ अगस्ट २०२५। हेर्नुस् आजको राशिफल।

मेष: अनावश्यक ठाउँमा धन खर्च हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ। आजको मन्त्र: "गहिरो सोचले नै गहिरो परिणाम ल्याउँछ।"

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष: धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। घुमफिरमा आकर्षण बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। आत्मिक सन्तुष्टि पनि हुनेछ।

भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७८ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: रोकिएका काम पुनः सुरु हुन सक्छन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। कागज मिलाउने प्रक्रिया सुरु गर्न उपयुक्त समय छ।

भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। चलाखीपूर्ण बोलीले काम बन्ला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। घरमा अतिथिको आगमन पनि हुनेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: मनमा केही द्विविधा उत्पन्न भए पनि नयाँ कामको योजना बन्नेछ। शरीरमा स्फूर्ति र उत्साहको कमी हुन सक्छ। सामान हराउने सम्भावना रहेकाले सचेत रहनुहोला। झुटा आरोप लाग्दा समस्या खेप्नुपर्ने भए पनि साँझमा केही सहयोग मिल्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कन्या: नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। पुरानो समस्या समाधान हुनेछ र रोकिएका कामहरू पूरा हुनेछन्। वैदेशिक कार्यमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। आजको मन्त्र "डरको सीमा तोड्नु नै नाफाको पहिलो पाइला हो।"

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ७६ प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

तुला: कुनै कुराले मन निकै प्रसन्न हुन सक्छ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सेयर बजारको लगानीले पनि राम्रै फाइदा दिने देखिन्छ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। मनको बोझ हट्नेछ र लामो समयदेखि रोकिएका कामहरू पुनः सुरु हुनेछन्। चिताएको कामले तीव्रता पाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाइने समय छ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।

धनु: सुख दुःख बराबर रहनेछ। प्रतिस्पर्धीहरूसँग सतर्क रहनु राम्रो हुन्छ। एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति आउन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ। प्राविधिक र वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

मकर: अरूलाई सापटी दिएको पैसा फिर्ता पाउन सकिनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ र मानसम्मान पनि प्राप्त हुनेछ। आजको मन्त्र "विवेक नै सफलताको सबैभन्दा विश्वसनीय साथी हो।"

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ: शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन्। रोकिएको काम दोहोर्‍याएर प्रयास गर्दा सफलता मिल्नेछ। मनमा हर्ष, उमंग र उत्साह छाउनेछ र स्वास्थ्यमा पनि सुधार आउनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ तर स्वास्थ्यप्रति भने सजग रहनुपर्छ।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

मीन: नजिकका मित्रसँग भेटघाट हुनेछ। चलाखीपूर्ण बोलीको प्रभावले रोकिएको काम बन्नेछ। लाभदायक यात्राहरू हुनेछन्। थालेको काम पूरा हुनेछ र शुभ कार्यको योग छ। वाहन लाभ पनि हुने समय छ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad