समाज


१ भदौ: मिथुनको काममा अवरोध, कर्कटलाई विशिष्ट व्यक्तिबाट सहयोग मिल्ने, तपाईँको राशिफल कस्तो?

१ भदौ: मिथुनको काममा अवरोध, कर्कटलाई विशिष्ट व्यक्तिबाट सहयोग मिल्ने, तपाईँको राशिफल कस्तो?

ज्यो. मेनुका दाहाल
भदौ १, २०८२ आइतबार ४:४१, काठमाडौँ

आज आइतबार, १ भदौ २०८२ (१७ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल

मेष: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला। 

शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने। 
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

वृष: आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। पुनर्मिलनको योग रहेको छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। सामाजिक उत्तरदायित्व वा पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। भिन्नता नै भविष्यको हस्ताक्षर हो। 

नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने। 

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

मिथुन: आज राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। आर्थिक कारोबारमा मन्दी आउनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ। विघ्नहर्ता

गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने। 

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

कर्कट: आज विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। बिजनेस वा डिजिटल क्षेत्रमा लगानी सोच्नु लाभदायक हुनेछ। 

गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने। 

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ।

सिंह: तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। शुभ चिन्तकले पूर्ण साथ दिनेछन्। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। शिक्षामा सफलता मिल्नेछ। सरकारी निकायको भय रहनेछ, अतः सावधान रहनुहोला। 

दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने। 

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

कन्या: आज दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। 

भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने। 

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

तुला: आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। वैदेशिक कार्यमा सफलता नपाइएला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। सुनाइमा पनि समाधान लुकेको हुन्छ। 

लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने। 

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।

वृश्चिक: आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ, तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। विचार बोक्ने होइन, बाँड्ने समय हो। 

विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने। 

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।

धनु: मनमा शान्ति छाउनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार पाइनेछ, तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्। 

अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने। 

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

मकर: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ लक्ष्य प्राप्तिको योग देखिन्छ। कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। धार्मिक यात्राको योग पनि छ। 
हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने। 

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

कुम्भ: आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। घर व्यवहारमा झमेला रहला, पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। 

शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने। 

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।

मीन: आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ। दैनिक कार्यमा प्रगति हुनेछ। बोलीको भरमा सङ्कल्प सिद्ध हुन सक्छ। शुभ समाचार सुन्नमा आउला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। 

लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने। 

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad