समाचार संकलनार्थ खटिएका एभिन्युज टेलिभिजन संवाददाता वैद्यनाथ यादवमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
यही साउन २१ गते प्रहरीले चलाएको गोली लागेर सप्तरीको राजगढ गाउँपालिका, कमलपुरका ३७ वर्षीय लालु यादवको मृत्यु पछि भएको विरोध प्रदर्शनको समाचार संकलन गर्ने क्रममा केही व्यक्तिले यादवमाथि आक्रमण गरेको महासंघ मधेस प्रदेश समितिले जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले सोमबार विज्ञप्ति प्रकाशित गरी घटनाको विरोध गरेका छन्।
‘प्रेस विरोधी यो आक्रमणको महासंघ निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, महासंघ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछ।’

प्रतिक्रिया