ad ad

समाज


कैलालीमा २० घण्टा नबित्दै अर्की किशोरीलाई सामूहिक बलात्कार

कैलालीमा २० घण्टा नबित्दै अर्की किशोरीलाई सामूहिक बलात्कार

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १३:९,

कैलालीमा एक किशोरी सामूहिक बलात्कारमा परेको २० घण्टा नबित्दै अर्की किशोरीलाई सामूहिक बलात्कार गरिएको छ।

कैलाली प्रहरीका अनुसार कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरी मंगलबार साँझ सामूहिक बलात्कारमा परेकी हुन्।

गोठालो गएका बेला उनलाई तीन जना मिलेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनै जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता दक्ष बस्नेतले नेपालखबरलाई जानकारी दिए।

डीएसपी बस्नेतका अनुसार घटनामा संलग्न कैलाली जोशीपुर गाउँपालिका वडा नम्बर ४, लालपुरवाणीका वर्ष २९ का रामकुमार चौधरी, सोही ठाउँका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षका सुरेशकुमार चौधरीलाई नियन्त्रणमा लिइएकाे हाे। 

यस्तो थियो घटना
कैलाली प्रहरीका अनुसार ती तीन जनाले सुरुमा किशोरीलाई विभिन्न प्रलोभन देखाई, ललाइफकाई गरी भजनी बजार जाऊँ भनी मोटरसाइकलमा लिएर गए।

त्यसपछि भजनी नगरपालिका-८, कृष्णनगर आइपुगेपछि उनीहरूले डर, त्रास, धाकधम्की देखाई सडकको दक्षिणतर्फ झाडीमा लगी किशाेरीलाई जबर्जस्ती करणी गरे।

खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले से. ३ प ४३६८ नम्बरको मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरिएको डीएसपी बस्नेतले जानकारी दिए।

अभियुक्तहरूलाई बुधबार कैलाली जिल्ला अदालत उपस्थित गराई १५ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए।

यसअघि सोमबार मध्यराति कैलालीकै गौरीगंगा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई चार जनाले बलात्कार गरेका थिए। घटनामा संलग्न आरोपमा प्रहरीले चारै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

याे पनि: 

कैलालीमा मध्यराति जंगलमा घेरेर किशोरीको सामूहिक बलात्कार, चार युवक पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .