सप्तरी प्रहरीले हवाई फायर गरेर दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ।
छिन्नमस्ता गाउँपालिका- १ बरहीविरपुरमा प्रहरीले आज बिहान गोली चलाएर दुईजनालाई पक्राउ गरेको हो। लागू आौषध नियन्त्र ब्यूरो र स्थानीय प्रहरीको संयुक्त कारबाहीका क्रममा उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका-१ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी-७ का मनोज राय छन्।
उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले २ राउण्ड हबाइ फायर गरेको छ। उनीहरूको साथबाट २०० ग्राम ब्राउन सुगर पनि बरामद गरिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।
नियन्त्रणमा लिने क्रममा उनीहरू भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
144
Shares

प्रतिक्रिया