गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन्।
संघको ९औँ महाधिवेशनले आगामी दुई वर्से कार्यकालका लागि श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा श्रेष्ठलाई समन्वय समितीको साझा प्रस्तावमा सर्वसम्मत रूपमा निर्विरोध अध्यक्ष घोषणा गरिएको हो।
सुरुमा एमाले निकट प्रवासी नेपाली मंचका अध्यक्ष केदार ढुंगानाले अध्यक्ष पदका लागि दाबा गरेका थिए। तर पछि उनले उम्मेदवारी दर्ता नगरेपछि निर्वाचनविनै श्रेष्ठ अध्यक्षमा चयन भएका हुन्।
अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालबहादुर क्षेत्रीको नाम पनि चर्चामा थियो। तर, माओवादी केन्द्र निकट जनप्रगतिशील मंचले भने सहमतिमा बाधक नबन्ने निर्णय गरेपछि श्रेष्ठलाई अध्यक्षमा निर्वाचित हुन सहज भएको हो।
यसअघि श्रेष्ठ नेपाली कांग्रेस निकट जनसम्पर्क समिति स्पेनका अध्यक्षको रूपमा सक्रिय रहँदै आएका श्रेष्ठले समुदायको विश्वास जित्दै एनआरएनए स्पेनको नेतृत्व सम्हाल्न सफल भएका हुन्।

निर्वाचित भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो जिम्मेवारी म नेपाली समुदायको हित र सेवाका लागि समर्पित भावनासाथ लिन्छु। एनआरएनए स्पेनलाई एकताबद्ध, समावेशी र नेपाली प्रवासीको सशक्त प्रतिनिधि संस्थाका रूपमा अघि बढाउने मेरो दृढ प्रतिबद्धता छ।’
स्याङ्जा जिल्लाको आधिखोला गाउँपालिकामा जन्मिएका श्रेष्ठ विगतदेखि नै नेपाली समुदायको सामाजिक, संस्थागत र साङ्गठनिक विकासमा सक्रिय रहँदै आएका छन्।
यस्ताे बन्याे नयाँ कार्यसमिति
- अध्यक्ष: सन्तोष श्रेष्ठ
- वरिष्ठ उपाध्यक्ष: सुरेन्द्र भुजेल थापा
- उपाध्यक्ष (खुला): जमुना देवी सापकोटा, दिपक बस्नेत
- उपाध्यक्ष (महिला): मालती पन्त
- उपाध्यक्ष (क्षेत्रीय): देव राज सापकोटा
- महासचिव: नविन घिमिरे
- उप–महासचिव: सुबास बहादुर बिष्ट
- सचिव (खुला): गणेश राज अधिकारी, प्रविन लोहार
- सचिव (क्षेत्रीय): दिलकुमारी तामाङ (मड्रिड), नवराज दुवाडी (कोस्टा ब्लांका)
- कोषाध्यक्ष: नारायण प्रसाद सुबेदी
- सह–कोषाध्यक्ष: सुमन खड्का
- महिला संयोजक: लक्ष्मी घिमिरे (शर्मा)
- युवा संयोजक: दिपिका श्रेष्ठ
- युवा उप–संयोजक: प्रलाद कार्की
- सदस्यहरू: मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भीमसेन कार्की, बिष्णु बहादुर सार्की, सम्भर बहादुर गिरि
- प्रस्तावित अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य रोशन पाठक।
Shares

प्रतिक्रिया