समाज


नक्कली नोट र नक्कली सुन देखाएर ठगी गरेको आरोपमा तीनजना पक्राउ

नक्कली नोट र नक्कली सुन देखाएर ठगी गरेको आरोपमा तीनजना पक्राउ

नेपालखबर
साउन १३, २०८२ मंगलबार २०:०, काठमाडौँ

काठमाडौँका विभिन्न स्थानमा नक्कली सुन तथा नक्कली विदेशी मुद्रा देखाएर ठगी गरेको आरोपमा तीनजना व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१० कोकटी घर भई हाल ललितपुर महालक्ष्मी–६ बस्ने वर्ष ४७ को बिमल तामाङ, दुधौली नगरपालिका–१२ घर भई हाल बूढानीलकण्ठ–१० बालुवाखानी बस्ने वर्ष ३९ को लाल बहादुर घिसिङ र खोटाङको दिक्तेल मझुवागडी नगरपालिका–१४ बुईपा घर भई हाल भक्तपुर मध्यपुर थिमी–१ लोकन्थली बस्ने वर्ष ३९ को भक्त बहादुर गदाल बिक रहेका छन्। 

प्रहरीका अनुसार तामाङ र घिसिङ ठगी तथा लुटपाटमा संलग्न व्यक्ति हुन् भने गदाल सुनको गरगहना खरिद गर्ने व्यक्ति हुन्।

उनीहरूले उपत्यका स्थित विभिन्न स्थानमा बसोबास गर्ने ६ जनालाई नक्कली सुनलाई सक्कली सुन हो मलाई एकदम समस्या पर्यो अहिले यो राखेर नगद पैसा वा तपाई संग सुनका गरगहना जे छ दिनुहोस् भनि सोझा साझा महिला तथा वृद्धहरूलाई निशाना बनाई नक्कली सुन छाडी पीडितहरूसँग भएको सुनका गर गहना तथा नगद समेत ठगी गरी फरार भएको प्रहरीले जनाएको छ। 

त्यसैगरी एक दुईवटा सक्कली नोट सोही साइजको कागजको बिटो माथि राखी आफुसंग साउदी रियाल तथा अन्य देशका मुद्राहरु छ भनि माथि भएको सक्कली नोट देखाई बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि ठगी गरेको पाइएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई साउन १२ गते विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका उपर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

उनीहरूबाट ठगी तथा लुटपाटमा प्रयोग भएको ना. ५७ प १५१६ नम्बरको स्कुटर, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का  ४ थान तथा सुन पसलबाट बरामद भएको सुन जस्तो देखिने पहेँलो धातु (१७.६) ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad