रौतहटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा शुक्रबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।
गरुडाबाट चपुरतर्फ आउँदै गरेको बिआर३०यु ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
साहको उपचारका क्रममा बेटर नेपाल अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार गरुडा–८ का २५ वर्षीय शम्भु साहको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ। उनको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप भ्यानका चालक फरार छन्। रासस
735
Shares

प्रतिक्रिया