समाज


एक वर्षमा २८ हजार ६ सय सवारी दुर्घटनाः २ हजार ५ सयको मृत्यु

एक वर्षमा २८ हजार ६ सय सवारी दुर्घटनाः २ हजार ५ सयको मृत्यु

नेपालखबर
साउन २, २०८२ शुक्रबार १९:४९, काठमाडौँ

प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा अपराधका घटनाहरुमा वृद्धि भएको बताएका छन्।

शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको बताए।

उनकाअनुसार २०८०/०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो। आ.व. २०८१/०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन्। सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कुल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ।

महानिरीक्षक थापाले भने, ‘अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको २०८०—०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो। अहिले ५९ हजार २ सय ४ घटना दर्ता भएको छ। गत वर्ष भन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ। केही मुद्दाहरु देवानी टाइपका पनि छन्। सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो। ५९ हजार २ सय ४ मुद्दामा १६ हजार १ सय ७२ मुद्दा यहीँ नै छन्। त्यसपछि मधेस प्रदेश र कोशी प्रदेशमा बढी छन्। कर्णाली प्रदेशमा कम छन्।’

त्यसपछि सबैभन्दा धेरै मधेस प्रदेश र कोशी प्रदेश रहेको छ। कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन्। सवारी दुर्घटनाको स्थिति भयावह रहेको प्रहरी महानिरीक्षक थापाले बताए।

झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुने गरेको र यो मधेस प्रदेशमा बढी रहेको बताए। आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको बताए। 

उनले भने, ‘सवारी दुर्घटनाको स्थिति भयावह नै छ। झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुन्छ। सबैभन्दा बढी मधेस प्रदेशमा नै छ। २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ, गत वर्षमा। पहिलाको भन्दा बढेको अवस्था छ। २५.१५ प्रतिशतले बढेको छ।’

महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताए। एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामिण गस्ती ७ सय १२ हुने गरेको बताए। २४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा  खटिने गरेको बताए। नेपाल प्रहरीलाई नेपालभर २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको बताए। 

 



महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताए। एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामिण गस्ती ७ सय १२ हुने गरेको बताए। २४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा  खटिने गरेको बताए। नेपाल प्रहरीलाई नेपालभर २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad