समाज


वडा कार्यालयद्वारा विद्यालयलाई ४० थान ‘डेस्कबेन्च’ प्रदान

वडा कार्यालयद्वारा विद्यालयलाई ४० थान ‘डेस्कबेन्च’ प्रदान

नेपालखबर
असार १८, २०८२ बुधबार २१:३०, सिरहा

सिरहा नगरपालिका–४ वडा कार्यालयले माध्यमिक विद्यालय रमौल मखनाहा मानपुरलाई आज ४० थान ‘डेस्कबेञ्च’ सेट प्रदान गरेको छ।

विद्यालयमा ‘डेस्कबेञ्च’ अभावका कारण पठनपाठनमा समस्या आएको भन्दै विद्यालयले वडा कार्यालयमा निवेदन दिएको थियो। सोहीअनुरूप छुट्टै योजना बनाएर विनियोजित बजेटबाट डेस्कबेञ्च खरिद गरी हस्तान्तरण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहम्मद शम्सादले जानकारी दिए। 

डेस्कबेञ्च हस्तान्तरण कार्यक्रमको आयोजना गरी वडाध्यक्ष शम्सादले विद्यालयका प्रधानाध्यापक सनाउल्ला राईनलाई डेस्कबेञ्च सेट हस्तान्तरण गरेका हुन्।
 
प्रधानाध्यापक राईनका अनुसार विद्यालयमा पुराना र जीर्ण डेस्कबेञ्चका कारण पठनपाठनमा कठिनाइ भएको थियो। 

‘वडा कार्यालयले डेस्कबेञ्च प्रदान गरेर हामीलाई ठूलो सहयोग गरेको छ’, उनले भने, ‘दैनिक कक्षाको पठनपाठन सहज भएको छ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य जोही, मोहम्मद बब्लु, समाजसेवी अल्लाउद्दिन लगायतको उपस्थिति रहेको थियो। वडाध्यक्ष शम्सादका अनुसार शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय लक्षित अन्य कार्यक्रम पनि सञ्चालन गरिने योजना रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad