काठमाडौँको दरबारमार्गस्थित निर्माणाधीन भवनबाट लडेर २ जनाको मृत्यु भएको छ।
सोमबार साँझ काठमाडौँ महानगरपालिका १ दरबारमार्गस्थित हिटीपोखरी नजिकै पोतला डेभलपमेन्टको भवनबाट लडेर २ जना श्रमिकको ज्यान गएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
मृत्यु हुनेमा कैलाली घर भई हाल काठमाडौँ बसेर काम गर्ने अन्दाजी ३२ वर्षका प्रदेशी चौधरी र बर्दिया घर भई हाल काठमाडौँमा काम गर्ने अन्दाजी २२ वर्षका विशाल चौधरी रहेका छन्।
पोतला डेभलप्मेन्ट प्रालीको कार्यालयले बनाउँदै गरेको ९ तले पक्की घरको ४ तलामा सामान ओसारपसार गर्ने लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा उनीहरु लडेका थिए।
फलामको साङ्लो चुडिएर लड्दा गम्भिर घाईते भएका दुवै जनालाई तत्काल उपचारको लागी वीर अस्पताल लगिएको थियो। तर अस्पताल लगेको केही बेरमै उनीहरुलाई मृत घोषणा गरिएको पनि एसपी बोहराले बताए।
Shares

प्रतिक्रिया