समाज


बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा

आज ३२ जिल्लामा बाढीको जोखिम
बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८२ आइतबार ११:२७, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ८, आइतबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। 

बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आजसमेत ३ दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भएपनि बढ्दो रहने तथा कोशी, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

यस्तै बाढी महाशाखाले आजचाहिँ इलाम, पाँचथर, धनकुटा, उदयपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासीपूर्व, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, बाग्लुङ, दाङ, प्युठान, सल्यान, रोल्पा, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, सुनसरी, मोरङ, जाजरकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम देखिएकाले उक्त नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन जरुरी रहेको जानकारी दिएको हो।

बाढीबारे विस्तृत जानकारी तल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad