समाज


राशिफल ४ असार : मेषको पदोन्नति, धनुको चिन्ता हट्ने, तपाईँको के?

राशिफल ४ असार : मेषको पदोन्नति, धनुको चिन्ता हट्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार ४, २०८२ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, ४ असार २०८२ (१८ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ पद मिल्नेछ। प्रतिष्ठामा बढोत्तरी होला। उपहार प्राप्त हुनेछ। मनमा शान्ति छाउनेछ। कार्य सम्पादनमा नजिकका व्यक्तिले सहयोग गर्नेछन्। वैदेशिक यात्राको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

वृष: चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ। आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ। व्यापार गर्नेहरूका लागि राम्रै आर्थिक लाभ हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: जोस, जाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। नयाँ ठाउँमा लगानी गर्ने समय छ। आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट: अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। अरूकै भलाइका खातिर दिन बित्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह: शुभचिन्तकले पूर्ण समर्थन गर्नेछन्। कला र गलाको प्रभाव बढ्दै जानेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राको अवसर छ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: स्थान परिवर्तनको योग देखिन्छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। जोस, जाँगर र हिम्मत बढ्नेछ। साँझमा पारिवारिक खुसीका निम्ति केही खर्च हुन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेरै अघि बढ्नु बेस हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। विपरीत लिङ्गीप्रति आकर्षण बढ्नेछ। पुँजी बजारमा गरेको लगानी ठिकै रहनेछ। वाहन लाभ हुन सक्छ। व्यापार व्यवसाय औसत रहनेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु बुद्धिमानी होला।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। उत्तर दिशा नजाने।

वृश्चिक: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च हुन सक्छ। मध्य दिनपछि खुसीको समाचार सुन्न पाइएला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। झुट नबोल्ने।

धनु: चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। पुरानो समस्या सुल्झाउन सकिनेछ। आँटेको काममा नजिकका व्यक्तिले सहयोग गर्नेछन्। धन भने खर्च हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५७, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर: मनमा उत्साहका साथै बोली बिक्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुन सक्छ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। पुँजी बजारले साथ नदेला।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लाभदायक र खुसीको यात्रा हुनेछ। लामो समयदेखि रोकिएको वैदेशिक काम पूरा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मीन: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफ्नै कार्यबाट मन सन्तुष्ट नहुन सक्छ। नयाँ काममा लगानी नगर्नु नै राम्रो हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ६५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad