भक्तपुरमा एक पुरुष धानखेतमा मृत फेला परेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ घर भई काठमाडौँको खुलालटार डेरा बस्ने ५५ वर्षका काशीनाथ गेलाल मृत फेला परेका हुन्।
उनी भक्तपुरको चाँगुनारायण नगरपालिका ४ चाँगु खोरिया गणेशस्थान मन्दिर नजिक धान खेतमा मृत फेला परेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
गेलाल दुईदिनदेखि हराइरहेको बुझिएको छ। उनी चिप्लिएर धानखेतमा लडेको हुनसक्ने प्रहरीको अनुमान छ। तर घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। उनको शरीरमा चोटपटक नरहेको पनि डीएसपी न्यौपानेले बताए। शव पोष्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ।
135
Shares

प्रतिक्रिया