समाज


राशिफल ३० जेठ : वृषको स्वास्थ्यमा बाधा, मिथुनको मायाप्रेम झाँगिने, तपाईँको के?

राशिफल ३० जेठ : वृषको स्वास्थ्यमा बाधा, मिथुनको मायाप्रेम झाँगिने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ ३०, २०८२ शुक्रबार ४:३५, काठमाडौँ

आज शुक्रबार, ३० जेठ २०८२ (१३ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: पारिवारिक भेटघाटमा रमाइनेछ। आफन्त र साथीभाइले सहयोग एवं हौसला प्रदान गर्नेछन्। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: स्वास्थ्यमा बाधा आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा सफल यात्राको योग छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन: रमणीय, सुखद र धार्मिक यात्राको योग छ। धनार्जनका नयाँ स्रोत भेटिनेछन्। मायाप्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कामबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। चिताएको कामले तीव्रता लिनेछ। अधुरा काम पुनः प्रारम्भ हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: घुमघामको अवसर मिल्नेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। धार्मिक, सांस्कृतिक, दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। केही नयाँ सामान खरिद गरिएला।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कन्या: कार्य सम्पादनमा समस्या आउला। अध्ययनमा पनि त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेमीको भरपुर साथ पाइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला: रमाइलो यात्राको योग छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। धर्मकर्ममा रुचि बढ्ला। शुभकार्यको चर्चा चल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले दिल खोलेर सहयोग गर्नेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु: आँटे-ताकेको पूरा हुनेछ। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

मकर: गर्दै नगरेको काम बिगारेको आरोप खेप्नुपर्ने सम्भावना छ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। यात्रामा सावधानी अपनाउनु होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि भने समय उत्तम छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: रमणीय र सुखद यात्राको योग छ। मनमा सेवा र सहयोग भाव आउला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहार विहारप्रति सजग रहनु होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: महत्त्वपूर्ण कार्यमा प्रगति हुने देखिन्छ। रोकिएका काम प्रारम्भ हुनेछन्। बुद्धिको विकास हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad