ad ad

समाज


राष्ट्रिय प्रयोगशालाले गर्‍यो १७९६ नमूना परीक्षण, कन्ट्याक्ट ट्रेसिङको काम ९० प्रतिशत पुरा

राष्ट्रिय प्रयोगशालाले गर्‍यो १७९६ नमूना परीक्षण, कन्ट्याक्ट ट्रेसिङको काम ९० प्रतिशत पुरा

नेपालखबर
चैत २५, २०७६ मंगलबार ११:२७,

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मंगलबारसम्म कोभिड–१९ को लागि १७९६ वटा नमूना परीक्षण गरेको छ।

त्यसैगरी काठमाडौंबाहिर ९ वटा ठाउँहरुमा पनि परीक्षण भइरहेको छ।

मंगलबार नयाँ संक्रमित नभेटिएको र उपचाररत् ८ जना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बताए।

यसअघि शनिबार एकजना स्थानीय रुपमैं संक्रमित भएका र अन्य २ जना संक्रमित फेला परेयता नयाँ संक्रमित भेटिएको छैन।

परीक्षणको दायरा बढाउने क्रममा कन्चनपुर र कैलालीमा ¥यापिड डायग्नोस्टिक किट र स्वाबको नमूना परीक्षण दुवै गर्ने गरी नमूना संकलन भइरहेको उनले बताए।

कञ्चनपुरमा २१ वटा र कैलालीमा १८ वटा नमूना संकलन भएको छ।

उनका अनुसार जुम्ला र अछाममा पनि स्वाबको नमूना संकलन भइरहेको छ। ४ सय ५० भन्दा बढि संकलन गर्ने लक्ष्यका साथ सो काम जारी रहेको देवकोटाले बताए।

हरेक जिल्लाको ४–४ ठाउँको क्वारेन्टिनमा रहेका व्यक्तिको नमूना संकलन गरिएको हो।

अहिले आइसोलेसनमा कुल १०० जना रहेको र तीमध्ये काठमाडौं उपत्यकामा १६ जना र राजधानीबाहिर ८४ जना छन्।

हाल नेपालभर ९ हजार २ सय २८ जना मानिस क्वारेन्टिनमा छन्।

संक्रमित व्यक्तिका परिवारका सदस्य र सम्पर्कमा रहेका अन्य मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम ९० प्रतिशत पुरा भएको देवकोटाले बताए। यो काम विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डबमोजिम भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .