समाज


नेपालमा पहिलोपटक लिंग परिवर्तन अपरेसन

नेपालमा पहिलोपटक लिंग परिवर्तन अपरेसन

ट्रान्सजेन्डरको अपरेसनमा खटिएको टोली


नेपालखबर
जेठ २५, २०८२ आइतबार ११:३६, काठमाडौँ

नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिएको हो।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।’

शिक्षण अस्पतालका अनुसार अस्पतालको प्लास्टिक सर्जरी विभागले यही जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका सर्जरी गरेको थियो। त्यसै क्रममा देशमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको सेक्स चेन्ज अपरेसन पनि सफल भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad