समाज


मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको मृत्यु

मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको मृत्यु

सांकेतिक फोटो


नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:३४, काठमाडौँ

कास्कीको पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा दुई बालकको मृत्यु भएको छ। 

उनीहरुको शव बिहीबार दिउँसो सशस्त्र प्रहरीको गोताखोरले निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

माछापुछ्रे गाउँपालिका–६ बस्ने १४ वर्षिय बिशाल परियार र १३ वर्षिय विवश परियार पौडी खेल्ने क्रममा जेठ १५ गते दिउँसो करीव १३ः४५ बजे डुवेर बेपत्ता भएका थिए। 

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले दुवै जनाको शव करीव २० फिट गहिराईबाट निकालेको हो।

सो टोलीले खोजीकार्य गर्ने क्रममा विवश परियारको शव १४ः१० बजे र बिशाल परियारको शव १५ः०० बजे फेला पारको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad