समाज


न्यायपालिका अधिकृत समाजको साधारण सभा शनिबार, प्रधानन्यायाधीशले उद्घाटन गर्ने

न्यायपालिका अधिकृत समाजको साधारण सभा शनिबार, प्रधानन्यायाधीशले उद्घाटन गर्ने

नेपालखबर
जेठ १४, २०८२ बुधबार १९:२३, काठमाडौँ

न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारण सभा शनिबार हुने भएको छ।

देशभरका अदालतहरूमा कार्यरत अधिकृतहरूको संस्थाको सञ्चार व्यवस्थापन उपस्थितिले बुधबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो।

उपसमितिका संयोजक वसन्त पाध्यायले दिएको जानकारी अनुसार, साधारण सभाको उद्घाटन प्रमुख अतिथिका हैसियतले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गर्नेछन्। कानुनमन्त्री, सर्वोच्च अदालतका न्यायाधीशलगायत न्यायपालिकाका उच्च अधिकारीहरू अतिथिका रूपमा निम्त्याइएका छन्।

उद्घाटन सत्रपछि हुने समाजको बन्दसत्रमा न्यायपालिकामा कार्यरत कर्मचारीको वृत्तिविकास तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउने विषयमा केन्द्रित कार्यपत्रमा छलफल हुनेछ। यस्तै अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पनि पेस गरिनेछ।

यसै साधारण सभाले समाजको नयाँ नेतृत्व पनि चयन गर्नेछ। हाल सर्वोच्च अदालतका सहरजिस्ट्रार बाबुराम दाहाल समाजका अध्यक्ष छन्।

न्यायपालिकामा कार्यरत अधिकृतहरूको योग्यता प्रणालीमा आधारित वृत्तिविकास एवं र सेवा प्रवाहमा प्रभावकारितामा केन्द्रित भई घोषणापत्र पनि सभाले जारी गर्नेछ।

२०६५ भाद्र २७ गते यो संस्था काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो।

संस्थामा हालसम्म ९६ जना आजीवन सदस्य र ५८५ साधारण सदस्य गरी जम्मा ६८१ जना अधिकृतहरू आबद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad