भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण ३५ सयभन्दा बढी संक्रमित बनेका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा त्यहाँ ३०२ जना नयाँ संक्रमित थपिए।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३५ सय ८८ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या ९९ पुगेको छ।
विश्वभर १२ लाख ३ हजार १ सय ८८ कोरोना संक्रमित छन्। हालसम्म विश्वभर ६४ हजार ७४७ जनाको मृत्यु भइसकेको छ।
२ लाख ४६ हजार ७६० जनाभने उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी
प्रतिक्रिया