युवा व्यवसायी राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित भएका छन्।
शनिबार राजधानीमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट कार्की सम्मानित भएका हुन्।
नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको युवा संघले जनाएको छ।
स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशिलताको प्रवद्र्धन गर्ने तथा मुलुकमा रोजगारी सिर्जनामार्फत स्वाधिन आत्मनिर्भर, उन्नतशील, समुन्नत र सम्बृद्धि अर्थतन्त्र निर्माणका लागि पुर्याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको जनाइएको छ।
उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरु सम्मानित भएका हुन्। स्वदेशमा लगानी, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनामा अतुलनीय योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको हो।
Shares

प्रतिक्रिया