समाज


तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुन्छः आयोग

तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुन्छः आयोग

नेपालखबर
जेठ ४, २०८२ आइतबार १६:२५, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ।

तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन्। उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिइन्।

खतिवडाले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने स्पष्ट पारिन्।

उनले भनिन्, ‘यति भन्न चाहन्छु कि हामीले अनुसन्धानका काम सकिसकेका छौँ एक दुई दिनमा हामी मिडियामा ल्याउँछौँ। राज्यले के गर्नुपर्थ्यो, किन गरेन? किन भएन? भन्ने सबै कुरा मेडिकल रिपोर्टमा भर पर्नुपर्ने हुन्छ। उहाँको पोष्टमार्टम रिपोर्ट र डाक्टरले के भनिदियो भन्नेमा भर पर्नुपर्ने हुनाले हाम्रो समितिभित्र फरेन्सिक डाक्टर पनि हुनुहुन्थ्यो। त्यसैले डाक्टरको एनलाइसिसमा भरपर्छ। आजभोलि नै सार्वजनिक हुन्छ सबै माननीयज्यूहरूको समय हेरेर हामी सार्वजनिक गर्छौं।’

प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजककी श्रीमती सुजनले उक्त घटना योजनावद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानबिनका लागि आयोग समक्ष आग्रह गरेकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad