समाज


काठमाडौँको गेस्टहाउसमा महिलाको हत्या गरेर भारत भागेका व्यक्ति पक्राउ

काठमाडौँको गेस्टहाउसमा महिलाको हत्या गरेर भारत भागेका व्यक्ति पक्राउ

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १२:३, काठमाडौँ

काठमाडौँ महानगरपालिका २८ स्थित गेस्टहाउसमा महिलाको हत्या गरेर भागेका व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको एक महिनापछि आरोपितलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। 

२०८१ चैत २९ गते साँझ काठमाडौँ महानगरपालिका २८ स्थित एक गेस्टहाउसको कोठामा नुवाकोटको सूर्यगढी नगरपालिका १ घर भइ हाल काठमाडौँको तार्केश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने २८ वर्षकी बिमला तामाङ मृत फेला परेकी थिइन्। 

तर गेस्टहाउसमा सँगै गएका धादिङको गल्छी गाउँपालिका घर भइ काभ्रेस्थली बस्ने बस्ने ४० वर्षका रामचन्द्र पन्त फरार थिए। 

भारतमा लुकीछिपी बस्दै आएका उनलाई नेपाल फर्कँदै गरेको सूचना पश्चात् मंगलबार दिउँसो नागढुङ्गाबाट पक्राउ गरिएको एसपी बोहराले बताए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad