समाज


रुकुमपश्चिममा जिप दुर्घटना हुँदा पति पत्नीको मृत्यु, दुईजना घाइते

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा पति पत्नीको मृत्यु, दुईजना घाइते

नेपालखबर
बैशाख २९, २०८२ सोमबार २०:१९, रुकुमपश्चिम

सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। 

चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको हो।

यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७ नम्बरको जीप ब्रेक फेल भई  दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको  घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुने श्रीमान् श्रीमती हुन्।

दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार जीपचालक दाङ तुलसीपुर उपमहानगरपालिका–७ का  ४४ वर्षीय लीलामणि भण्डारी र सोही स्थानका ५० वर्षीया दुर्गा ओली छन्।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad