समाज


तीनकुने घटनामा पक्राउ परेका थप ३६ जना रिहा

तीनकुने घटनामा पक्राउ परेका थप ३६ जना रिहा

राप्रपा महामन्त्री धवलशमशेर राणा भने यसअघि नै रिहा भइसकेका छन्। (तफाइल तस्बिर)


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १९:१७, काठमाडौँ

काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप ३६ जना रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका विभिन्न कसुरका आरोपितलाई हाजिरि जमानीमा रिहा गरिएको हो। 

उनीहरुविरुद्ध मुद्दा दायर गरिने भएपनि अहिललाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने गरी छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जना छाडिएको हो। अब यी दुई कसुरमा ५२ जना हिरासतमा छन्। 

राज्यविरुद्धको कसुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र चैत १५ गतेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईँसहित छन्। उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बिहीबार अनुमति दिएको छ। 

आपराधिक उपद्रवमा भने थप ७ दिन हिरासतमा राख्न बिहीबार नै म्याद थप भएको छ। आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका २१ जनालाई पहिल्यै रिहा गरिएको थियो। 

राज्यविरुद्धको कसुरमा भने राप्रपाका महामन्त्री समेत रहेका धवलशमशेर राणा पहिल्यै छुटेका छन्। उनलाई स्वास्थ्यको कारण देखाएर रिहा गरिएको थियो। रिहा भएपछि राणा भारतमा उपचार गराएर फर्किएका छन्। 

उनीहरुले प्रहरीले बोलाएको बखत उपस्थित हुनुपर्नेछ। 

काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो भने करोडौँ जनधनको क्षति समेत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad