समाज


पाटन दरबार क्षेत्रमा सवा करोडको शौचालय

पाटन दरबार क्षेत्रमा सवा करोडको शौचालय

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १५:१७, ललितपुर

ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ।

उक्त शौचालय आइतबारदेखि संचालनमा आएको हो।

सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी वनावट काष्ठ कला र चुनासुर्की सहितको इँटाको प्रयोग भएको महानगरले जनाएको छ।

शौचालयको छाना झिंगटी टायल सहित दुई पाखे गरी निर्माण गरिएको छ।

महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो।

शौचालय सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए। 

उनले भने, ‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौँ, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागिसहज हुन्छ।’

आधुनिक प्रविधिको अपाङगता मैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय , १ वटा अपाङगतामैत्री शौचालय, १ वटा स्तनपान कक्ष राखिएको छ। 

पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad