समाज


राशिफल १६ वैशाख : मकरको मन प्रसन्न रहने, मीनलाई स्वादिष्ट भोजनको अवसर, तपाईँको के?

राशिफल १६ वैशाख : मकरको मन प्रसन्न रहने, मीनलाई स्वादिष्ट भोजनको अवसर, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख १६, २०८२ मंगलबार ४:३६, काठमाडौँ

आज मंगलबार, १६ वैशाख २०८२ (२९ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

वृष: दैनिक कार्यमा प्रगति हुनेछ। घरमा अतिथिको आगमन होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। साँझमा सहकर्मीबाट विरोध आउन सक्छ। छोटो दूरीको लाभदायक यात्रा हुन सक्छ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुन्छ। खर्चको मात्रा वृद्धि हुनेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुन्छ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ६० र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कर्कट: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। प्रेमीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। रमाइलो र यादगार यात्रा होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

सिंह: दिन भाग्यशाली भएर देखा पर्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्ला। धार्मिक क्षेत्रमा सफलता मिल्न सक्छ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

तुला: क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। साँझमा शुभ समाचार मिल्नेछ। प्रेमीसँगको सम्बन्ध यथावत रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: मिठोमसिनो भोजनको अवसर आउला तर स्वास्थ्यसम्बन्धी समस्या भने देखिन सक्छ। आफन्तको साथ र सहयोग मिल्नेछ। सामूहिक र रमाइलो यात्रा हुनेछ। पुरानो समस्या सुल्झिएला। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

धनु: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ रहेको छ। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तनाव नलिने।

मकर: मन खुसी र प्रसन्न रहनेछ। एकपछि अर्को अवसर आउनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछन्‌। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। लक्ष्मी प्रसन्न हुने योग छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ: आयव्यय बराबर रहनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। साँझमा क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मीन: पारिवारिक जमघटको वातावरण बन्ला। प्रेम जीवन सफल रहनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्ला। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad