समाज


काठमाडौँ महानगरपालिकामा आइतबार शोक विदा

काठमाडौँ महानगरपालिकामा आइतबार शोक विदा

नेपालखबर
बैशाख १३, २०८२ शनिबार १७:२३, काठमाडौँ

तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौँ महानगरपालिकाले आइतबार शोक विदा दिने भएको छ। 

उनको २०८२ वैशाख १२ गते शुक्रबारका दिन निधन भएको  हो। डंगोलको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ। 

वि. सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उनको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो। हप्तामा २ दिन गराउनु पर्ने डाइलाइसिस गएको विहीबार मात्र पनि गरिएको थियो। 

काठमाडौँ पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा उनले प्रजातन्त्रबादीका तर्फबाट उम्मेदवारी दिएर विजय हासिल गरेका थिए।

उपप्रधानपञ्चका रुपमा उनले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याउनुभएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक विदा दिएको हो। यस दिन अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहनेछ। 

दिवंगत डंगोलको पार्थिव सरीरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, विषयगत समितिका संयोजक तथा जनप्रतिनिधिहरुले पुष्पगुच्छा अर्पण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad