समाज


राशिफल १० वैशाख : मकरको व्यक्तित्वमा निखार आउने, कन्याको हिम्मत बढ्ने, तपाईँको के?

राशिफल १० वैशाख : मकरको व्यक्तित्वमा निखार आउने, कन्याको हिम्मत बढ्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख १०, २०८२ बुधबार ४:३४, काठमाडौँ

आज बुधबार, १० वैशाख २०८२ (२३ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।   

वृष: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। आफन्तको साथ र सहयोग मिल्नेछ। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्ला। शुभारम्भको चर्चा चल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने। 

मिथुन: आयव्यय बराबरी रहनेछ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुन सक्छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।   

कर्कट: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।   

सिंह: दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। बन्धुबान्धवले सहयोग गर्लान्।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।   

कन्या: यात्रा लाभदायक अनि सफल रहनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। अरूको मन जित्न सकिनेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।   

तुला: आफ्नो विचार विपरीत निर्णय हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। दैनिक व्यवहारमा खर्च बढ्नेछ। स्वास्थ्यमा पनि खर्च बढ्न सक्छ। साँझमा शुभ समाचार प्राप्त हुँदा मन खुसी रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।   

वृश्चिक: विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।   

धनु: अचल सम्पत्ति हात पर्ने योग छ। सामूहिक यात्रा रमाइलो हुनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।   

मकर: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।   

कुम्भ: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ। प्रेमीसँगको सम्बन्ध यथावत् रहनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।   

मीन: रोकिएका काम पुनः सुरु हुनेछन्। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। शुभ र मङ्गल कार्यको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad