काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मण्डनदेउपुर नगरपालिका २ ठकुरी गाउँमा आज बिहान ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको हो। उनी सोही ठाउँका स्थायी वासिन्दा हुन्।
आइतबार बिहान सात बजेतिर निर्माणाधिन माउन्टेन होटल कम्पाउन्डभित्र बालुवा अनलोड गर्ने क्रममा टिपर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए।
दुर्घटनामा परेको टिपरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको हो।
549
Shares

प्रतिक्रिया