समाज


वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी

वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १२:३८, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन्।  

शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्शिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। 

सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको उनको भनाइ छ।

‘अहिलेसम्मको अनुभवको आधारमा वैदेशिक रोजगारको व्यवसायलाई अगाडि बढाउनको निम्ति के के कुराका कानुनी अड्चनहरु छन् त्यसको खोजि गरी सुधार गर्नुपर्ने कुराहरुको आधारमा सरकारले अहिले वैदेशिक रोजगार ऐन र श्रम ऐनलाई संशोधन गर्ने क्रममा हामी छौँ,' उनले भने, 'त्यसका लागि हामी आवश्यक सल्लाह गरिरहेका छौँ। यसअघि पनि म आफैँ मन्त्री भएको बेला कानूनी समस्याको कारण कम्पनी नै बन्द हुने स्थिति कानुन संशोधनमार्फत समाधान गरेको हुँ।’ 

वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad