समाज


आफू प्रमुख अतिथि भएको कार्यक्रम बहिष्कार गरेको भन्दै ऊर्जा राज्यमन्त्री तामाङले सोधे सचिवलाई स्पष्टीकरण

आफू प्रमुख अतिथि भएको कार्यक्रम बहिष्कार गरेको भन्दै ऊर्जा राज्यमन्त्री तामाङले सोधे सचिवलाई स्पष्टीकरण

राज्यमन्त्री तामाङ र सचिव आचार्य


नेपालखबर
चैत २९, २०८१ शुक्रबार ७:५६, काठमाडौँ

पदीय आचारण विपरीत काम गरेको भन्दै ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यलाई ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले स्पष्टीकरण सोधेका छन्। 

सिंचाइ विभाग जावलाखेल ललितपुरले यही चैत २५ गते आयोजना गरेको सिँचाइ दिवस एवं ७२ औँ वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन्। 

ऊर्जामन्त्री दीपक खड्काको अनुपस्थितिमा भएको सो कार्यक्रमको प्रमुख अतिथि राज्यमन्त्री तामाङ थिए। आफू प्रमुख अतिथि भएको कार्यक्रम सचिव आचार्यले बहिष्कार गरेको आरोप लगाउँदै तामाङले स्पष्टीकरण सोधेका हुन्।

कार्यक्रममा सञ्चालकले आसनग्रहणको लागि पटक-पटक बोलाउँदासमेत मञ्चमा सहभागी नभई बेवास्ता गरी कार्यक्रमस्थलबाट बाहिरिएको, विभागका महानिर्देशक सञ्जीव बराललेसमेत आसन ग्रहणको लागि आग्रह गर्दा पनि ‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको’ भन्ने तुच्छ अभिव्यक्ति दिएको राज्यमन्त्री तामाङको आरोप छ। 

सचिव आचार्यले पदीय आचरणसमेत ख्याल गर्न नसकेको, पदीय आचरण र मर्यादाको धज्जी उडाएको भन्दै तामाङले सचिव आचार्यको व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्‍याएको टिप्पणी गरेका छन्। 

'राज्यमन्त्री सहभागी कार्यक्रम बहिष्कार गर्ने तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने? तपाईँले कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो?' राज्यमन्त्री तामाङले सचिव आचार्यलाई पत्रका लेखेका छन्। 

उनले यो विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पनि सचिव आचार्यलाई भनेका छन्।  प्रधामन्त्रीको कार्यालय, ऊर्जा मन्त्रालय, मुख्यसचिव लगायतलाई पनि पत्रको बोधार्थ पठाइएको छ। 

हेर्नुहोस् स्पष्टीकरण सोधिएको पत्र
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad