समाज


तीनकुनेमा हवाई फायर

तीनकुनेमा हवाई फायर

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १४:५२, काठमाडौँ

काठमाडौँको तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ। राजावादी समर्थकले व्यक्तिको घरमा आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो। 

राजावादी समर्थकले तीनकुनेको घरमा लगाएको आगो निभाउन दमकल गएको छ। केहीबेरअघि दमकल सो क्षेत्रमा गएको हो। तर, दमकलमाथि समेत प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका छन्। 

प्रशासनले राजावादी समर्थकका लागि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने क्षेत्र छुट्याएको थियो। तर, सुरूदेखि नै उत्तेजित रहेका प्रदर्शनकारीले सडकमै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। 

यतिसम्मकि, प्रहरीमाथि जबर्जस्ती दुर्गा प्रसाईँको पछुवा गाडी कुदाएका थिए। त्यसपछि भीडलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। तर, प्रदर्शनकारी झन् आक्रामक भएर व्यक्तिको घरमा ढुङ्गामुढा र तोडफोडमा उत्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad