नेपाली सेनाका दुई जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार दुई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो।
रक्षा मन्त्रालयका अनुसार महासेनानी प्रसान्तविक्रम राणा र सरोजकुमार अधिकारी सहायक रथीमा बढुवा भएका हुन्। उनीहरूलाई सहायक रथीमा बढुवा गर्न नेपाली सेनाले झण्डै एक महिना पहिले नै सिफारिस गरेको थियो।
123
Shares

प्रतिक्रिया