पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम भएको बताएकी छिन्।
शनिवार काठमाडौँमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले कवितामा व्यक्त आशय र विचार यथार्थमा आधारित हुने बताइन्।
यथार्थमा आधारित कुरा समाजलाई जानकारी गराउने प्रभावशाली माध्यम भएको जिकिर गरिन्। कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्ने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्‚ ‘कवितामा व्यक्त आशय र विचार यथार्थमा आधारित छन्। कविता यस्तो प्रभावशाली माध्यम हो, जसबाट हामीले एकै छिनमा संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ। हामीले देश र संसारलाई कवितामार्फत बुझ्न पायौँ।’
पूर्वराष्ट्रपति भण्डारीले कविता वाचन जस्ता कार्यक्रम आगामी दिनमा देशव्यापी रूपमा हुँदै जानुपर्ने बताइन्।
Shares

प्रतिक्रिया