आज शुक्रबार, ८ चैत २०८१ (२१ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : नजिकका व्यक्तिले काममा बाधा पुर्याउनेछन्। सहकर्मीबाट विरोध आउला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। निर्णय कार्यान्वयन हुन गाह्रो छ। स्फूर्ति र उमङ्गको कमी हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। अरूको ईर्ष्या नगर्ने।
वृष : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। जोस, जाँगर र हिम्मत बढ्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ।
भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन : लाभदायक यात्रा हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट उपहार प्राप्त होला। वाहन वा भूमिबाट लाभ हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट : एकअर्कासँग केही न केही आशा गरिरहनुहुनेछ। दाजुभाइ तथा साझेदारसँग मिलेर गरिने पेसा व्यवसायबाट सोचेजस्तो कमाइ नहोला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह : दिन माध्यम खालको रहनेछ। आफन्तसँग विवाद पर्ने सम्भावना छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। समस्या समाधानका लागि धैर्य एवं सहनशील हुनुपर्ने देखिन्छ। प्रणय सम्बन्ध सामान्य नै रहनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर छ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।
भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सकारात्मक सोच राख्ने। झट्टै अरूलाई विश्वास नगरिहाल्ने।
तुला : पारिवारिक सद्भाव बढ्नेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। महत्त्वपूर्ण कामको थालनी होला। परीक्षा आदि प्रतिस्पर्धामा अगाडि भइनेछ। प्रेम जीवन सामान्य नै रहनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सरिक भइएला। प्रेमीले भरपुर सहयोग गर्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सजिलै सम्पादन हुनेछ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : जिद्दीपनाले काम बिग्रने डर छ। सहकर्मीले विरोध गर्न सक्छन्। पुँजी बजारमा नोक्सानी होला। लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्नबाट वञ्चित भइनेछ। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
मकर : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। नयाँ वस्त्र उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। आर्थिक कारोबारमा राम्रै लाभ हुनेछ। निर्णायक क्षमतामा भने कमी आउन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ : जोखिम मोलेर आँटेको कामबाट मनग्गे फाइदा हुने देखिन्छ। घरमा अतिथिको आगमन होला। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। शैक्षिक क्षेत्रमा प्रगति नै होला।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
मीन : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
Shares

प्रतिक्रिया