समाज


नवनियुक्त प्रहरी महानिरीक्षक थापाले पाए दर्ज्यानी चिह्न

नवनियुक्त प्रहरी महानिरीक्षक थापाले पाए दर्ज्यानी चिह्न

नेपालखबर
चैत ५, २०८१ मंगलबार ११:५६, काठमाडौँ

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृह मन्त्रालयमा आज मंगलबार बिहान आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औँ प्रमुखमा नियुक्त गरेको थियो।

यसअघिका महानिरीक्षक वसन्तबहादुर कुँवरको ३० वर्षे सेवाअवधि सकिन केही घण्टा बाँकी रहँदा मन्त्रिपरिषद्ले थापालाई अतिरिक्त महानिरीक्षकबाट बढुवा गरी प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको थियो।

थापा प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै दोस्रो र तेस्रो वरीयताका एआईजीहरू क्रमशः सुदीप गिरी र टेकबहादुर तामाङ अब एआईजीबाटै भएका बिदा हुनेछन् । थापा, गिरी र तामाङले १९ भदौ २०५२ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट एकसाथ प्रहरी सेवामा प्रवेश गरेका थिए।

प्रहरी नियमावलीअनुसार थापा आगामी १८ भदौसम्म प्रहरी नेतृत्वमा रहनेछन्। संसद्मा दर्ता भएको प्रहरी ऐनको प्रस्तावित विधेयक यसबीचमा पारित भए सेवा अवधि लम्बिन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad