समाज


फागुन ३ को राशिफल: सिंहको समस्या सुल्झने, कन्यालाई धनआर्जन हुने, तपाईँको के?

फागुन ३ को राशिफल:   सिंहको समस्या सुल्झने, कन्यालाई धनआर्जन हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत ३, २०८१ आइतबार ४:४०, काठमाडौँ

आज आइतबार, ३ चैत २०८१ (१६ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: तीर्थाटनको योग छ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारमा फाइदा हुनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। सजावटको लगानीबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।   

वृष: शुभ समाचार सुन्न पाइएला र समाचारले मनमा शान्ति छाउनेछ। सानो प्रयत्नले ठुलो कार्य सम्पादन हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

मिथुन: प्राविधिक कार्यमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।  

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

कर्कट: लाभहानी, सुखदुःख बराबरी रहनेछ। भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ। मन खिन्न हुने स्थिति आउनसक्छ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। संयम रहनु होला। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह: जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैसरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने। 

कन्या: धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनमा सहभागिता भइएला तर स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनसक्छ। 

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।    

तुला: मन लोभ्याउने पहिरनमा अरूको नजर पर्नेछ। अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्। प्रेम प्रसंगमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ।   

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।    

वृश्चिक: आजको प्रयत्न निष्फल जस्तै होला। सरकारी निकायको भय रहला। साँझपख सद्‍विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।   

धनु: मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। रोकिएका अधुरा पुराना कामहरू पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैसरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

मकर: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।  

कुम्भ: सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। तपाईंका लागि समग्रमा सकारात्मक दिन रहेको छ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

मीन: योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफै पछाडि परिनेछ। नजिकका व्यक्ति टाढिन सक्छन्। बोल्दा सावधानी अपनाउनु पर्नेछ। धेरै ठुलो महत्त्वाकांक्षा लिएर काम नगर्नु होला। साँझमा शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। 

यसैसरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad