समाज


सरकारले जापानसँग माग्यो दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग

सरकारले जापानसँग माग्यो दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग

नेपालखबर
फागुन १९, २०८१ सोमबार १४:५६, काठमाडौँ

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन्।

नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरबारस्थति मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले यस्तो आग्रह गरेका हुन्। नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्र आवश्यक रहेको मन्त्री अधिकारीको भनाइ छ। उनले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग गर्दै आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताए।

मन्त्री अधिकारीले भने, ‘जापानले प्रविधिको प्रयोगमार्फत गरेको उत्पादन वृद्धि र यसले समग्र कृषिको क्षेत्रमा पुगेको उपलन्धिमहत्त्वपूर्ण छ। कृषि क्षेत्रमा जापानले गर्दे आएको प्रयोग नेपालले पनि सिक्न जरुरी छ।’

नेपालले कृषिमा लगानी दशक घोषणा गरी लगानी भित्र्याउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्तालाई नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गरे। आगामी वर्ष नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुग्ने उल्लेख गर्दै मन्त्री अधिकारीले यस अवसरमा समेत जापानको नि:स्वार्थ सहयोगमा अझ वृद्दि हुने अपेक्षा व्यक्त गरे।

जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावना अध्ययन गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो। जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्त्व दिएको उल्लेख गर्दै नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दे जानुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad