समाज


साउदीको घुम्ती शिविरमा १८ सय २२ जनाले लिए सेवा

साउदीको घुम्ती शिविरमा १८ सय २२ जनाले लिए सेवा

नेपालखबर
फागुन १८, २०८१ आइतबार १५:३९, काठमाडौँ

नेपाली राजदूतावास रियाद, साउदी अरेबियाले दमाम शहरमा आयोजना गरेको घुम्ती शिविरबाट एक हजार ८ सय २२ नेपालीले सेवा लिएका छन्।

शनिबार एक विज्ञप्ति प्रकाशित गरी दूतावासले रियादबाट टाढा रहेका नेपाली श्रमिकहरूलाई उनीहरू कार्यरत स्थानमा गई राजदूतावासद्वारा प्रदान गरिने सेवा प्रवाहका लागि घुम्ती शिविर सञ्चालन गरिएको जनाएको छ।

साउदी अरेबियाको दमाममा यही फागुन १६ र १७ गते (तदनुसार २८ फेब्रुअरी र १ मार्च २०२५) मा राहदानी नवीकरण, तयारी राहदानी वितरण, नेपाल फिर्ता हुन चाहेका तर रोजगारदाताले वहिर्गमन भिषाको प्रकृया नगरेकाले घर जान नपाएका नेपाली श्रमिकका वहिर्गमन भिषाको लागि फाराम भर्ने कार्य, श्रमिक सचेनता लगायतका सेवा प्रवाहका लागि घुम्ती शिविरको आयोजना गरिएको थियो।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद्, साउदी अरेबियासँगको सहकार्य र साउदी अरेबियामा क्रियाशिल अन्य संघसंस्थाको सहयोगमा सञ्चालन गरिएको उक्त २ दिने घुम्ती शिविरमा विद्युतीय राहदानीका लागि १०९२ जना नेपाली श्रमिकहरूको ‘लाइभ इन्‌रोलमेन्ट’ गरिएको थियो उक्त शिविरमा ६९९ जना नेपाली श्रमिकको तयारी राहदानी वितरण र नेपाल फिर्ता हुन चाहाने ३१ जना नेपाली श्रमिकहरूको वहिर्गमन भिषाको फाराम भरी प्रकृया अगाडि बढाइएको थियो। 

यसरी उक्त शिविरबाट १,८२२ नेपाली श्रमिकहरूले उनीहरू कार्यरत स्थानमै प्रत्यक्ष रुपमा राजदूतावासको सेवा प्राप्त गरेको थिए। उल्लिखित सेवा प्रवाहबाट राजदूतावासले साउदी रियाल २१९,७०० (करिब ८१ लाख नेपाली रुपैयाँ) राजश्व संकलन गरेको दूतावासले जनाएको छ।

‘साउदी अरेबियाको राजधानी रियादबाट टाढा रहेका स्थानमा कार्यरत, पारिश्रमिक तथा सुविधा कम भएकाले सेवा लिन रियाद आउदा ( जादा सवारी साधनको भाडा तिर्न धौ धौ पर्ने एवं कम्पनीबाट विदा नपाउने अवस्थामा रहेका नेपाली श्रमिकहरूलाई राहदानी लगाएतको सेवा प्रवाह गर्न आयोजना गरिएका यस्ता घुम्ति शिविरहरू नेपाली श्रमिकहरूका हित, सुविधा एवं राजश्व संकलनका दृष्टिकोणले अत्यन्त आवश्यक, महत्वपूर्ण र प्रभावकारी सावित भएका छन्’ दूतावासले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad