आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुरमा आपराधिक उपद्रव मच्चाएको आरोपमा म्याद थपको तयारी गरिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले तामाङलाई अनुसन्धान गर्न आपराधिक उपद्रवविरुद्धको कसुरमा म्याद थपको तयारी गरिएको बताए।
उनले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगाको झोलुङ्गे पुलमा कर लिएको भन्दै रसिद जलाएको र बोर्ड फ्याँकेको आरोप छ। सोही आरोपमा सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको डीएसपी न्यौपानेले बताए।
उनले यसअघि पशुपतिमा प्रहरीमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएर भक्तपुर लगिएको छ। प्रहरीले उनलाई हतकडी लगाएको भन्दै केहीले विरोध पनि गरेका छन्।
Shares

प्रतिक्रिया