समाज


ग्राहकलाई यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभका चालक पक्राउ

ग्राहकलाई यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभका चालक पक्राउ

नेपालखबर
माघ ९, २०८१ बुधबार ५:२२, काठमाडौँ

ग्राहकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। बराललाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

‘इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो,’ अधिकारीले भने।

उक्त घटनाबारे  थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad