समाज


थोत्रो गाग्री लिएर काठमाडौँ आइपुगे धरानका मेयर साम्पाङ (तस्बिरहरू)

थोत्रो गाग्री लिएर काठमाडौँ आइपुगे धरानका मेयर साम्पाङ (तस्बिरहरू)

सरोज बैजु
माघ ७, २०८१ सोमबार १६:३७, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ थोत्रो गाग्री लिएर काठमाडौँ आइपुगेका छन्।

धरानमा खानेपानीको समाधानका लागि आन्दोलन स्वरुप प्रधानमन्त्री र मन्त्रीहरुलाई थोत्रो गाग्री बुझाउन उनी विमानमार्फत सोमबार दिउँसो काठमाडौँ आइपुगेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादवलाई गाग्री बुझाउने तयारी गरेका छन्।

उनले मंगलबार प्रधानमन्त्री र मन्त्रीहरूलाई सिंहदरबारमै पुगेर गाग्री बुझाउने तयारी छ।

मेयर हुनु पहिले देखिनै खानेपानीको मुल मुद्दा बनाएका साम्पाङ मेयरमा निर्वाचित भएदेखि नै खानेपानीका लागि काम गरिरहेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad