समाज


‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’

‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’

नेपालखबर
माघ ५, २०८१ शनिबार १५:५, काठमाडौँ

विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

विपद्पछि विभिन्न रोगहरू फैलिनसक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले विपद्का लागि पूर्वतयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।

बाढी, पहिरो, भूकम्पप लगायतका विपद्पछि विभिन्न खालका रोगहरू फैलिनसक्ने भएकाले समयमै ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ।

केही वर्षदेखि विपद्पछिको स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी स्टार्ट फण्ड नेपालकी कार्यक्रम व्यवस्थापक प्रमिला सुवेदीले सरकारले विपद् पूर्वतयारीमा स्वास्थ्यलाई पनि सँगै लैजानुपर्ने आवश्यकता रहेको बताइन्।

विपद्का बेलामा स्वास्थ्यलाई पनि प्राथमिकता दिनसके विपद्पछि फैलिनसक्ने रोगहरुबाट हुने क्षति कम गर्न सकिने बताइन्।

स्टार्ट फण्ड नेपालले २०२१ देखि विभिन्न प्रकोपको पूर्वानुमानमा आधारित भइ पूर्वकार्य र प्रतिकार्य गर्दै आएको छ। जसमा स्वास्थ्य क्षेत्रमा पनि केही कामहरु गरेको उनले बताइन्। डेंगुपश्चातको प्रतिकार्य लगायतका विपद्पछिको स्वास्थ्यका क्षेत्रमा पनि काम गरिसकेको बताइन्।

उनले भनिन् ‘डिजास्टरको बेलामा नेपालमा हामीले विगतको अनुभवलाई हेर्दा के पायौँ भने हेल्थलाई अलिकति इग्नोर गरेको पायौँ । त्यति धेरै सँगसँगै लैजान नसकेको पायौँ । हेल्थलाई पनि प्रायोटाइज गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो।’

स्टार्ट नेटवर्कको फरवार्नमार्फत स्टार्ट फण्डले आयोजना गरेको कार्यक्रममा ३० वटा संस्थाबाट ४० जनाले प्रतिनिधिले भाग लिएका थिए।

यता, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्शनका कार्यकारी निर्देशक सुरज गौतमले नेपाल बहुप्रकोपिय जोखिममा रहेको भन्दै पछिल्लो समय विभिन्न प्रकोपहरु विपद्मा परिणत भइरहेको बताए। उनले बाढी, पहिरो लगायतका विपद्जन्य घटनाहरुको पूर्वतयारी गर्दा स्वास्थ्यको तयारी पनि गर्नुपर्ने बताए।

गौतमले विपद्पछि फैलिनसक्ने रोगहरुको न्यूनीकरण गर्न स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

कार्यकारी निर्देशक गौतमले जलवायु परिवर्तनका कारण तराईमा मात्रै सिमित हुने रोगहरु बिस्तारै पहाड र हिमालतिर पुगिरहेको अवस्थालाई मध्यनजर गरेर सरकारले आफ्ना योजनाहरु अघि बढाउन जरुरी रहेको बताए।

विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानसके रोगबाट नागरिकलाई सुरक्षित राख्न सकिने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad