समाज


तराईमा हुस्सु, पहाडी भूभागको मौसम आंशिक बदली

कस्तो होला अबको ३ दिन देशभरको मौसम?
तराईमा हुस्सु, पहाडी भूभागको मौसम आंशिक बदली

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८१ सोमबार ६:५३, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

जसको प्रभाव स्वरुप यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। त्यसैगरी देशका उपत्यका क्षेत्रका केही स्थानमा पनि हाल हुस्सुस लागेको छ।

देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

 कस्तो होला भोलि र पर्सीको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad