समाज


चितवनमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू

चितवनमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू

नेपालखबर
पुस १२, २०८१ शुक्रबार २०:३३, चितवन

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा पारेर राष्ट्रिय खाना महोत्सव आजदेखि मेघौलीमा सुरू भएको छ। महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरे।

रैथाने खानाको महत्त्व बुझाउन यस्ता महोत्सव प्रभावकारी हुने मुख्यमन्त्री लामाले बताए।

उनले भने, ‘रैथाने चिजको संरक्षण गर्नुपर्छ। रैथाने खानाको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आउनेछन्।’ उनले भने, ‘रैथाने खानाको महसुस हुने गरी काम गर्न आवश्यक छ।’ यसले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उनले बताए।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक आएको बताइन्। भ्रमण वर्षको अवसरमा बाह्य दुई लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका उनले बताइन्।

भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्विमा महत्वपूर्ण भूमिका पुगेको उनले बताइन्।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको बताए। भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्न स्थानीय जनतामा यो महोत्सवले थप ऊर्जा मिल्ने उनले बताए।

यस महोत्सव स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकको रूपमा रहने उनले बताए।

पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहेको संयोजक मायाराम चौधरीले जानकारी दिए। महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरूङ, बोटे, मुसहर समुदायसहितका स्थानीय जातका खाना राखिएका छन्।

स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताए। महोत्सवमा एक लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू उत्तम जोशी, ईश्वर सापकोटा, पूर्वप्रदेशसभा सदस्य कृष्ण भूर्तेल, नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, रास्वपाका जिल्ला अध्यक्ष कृष्ण भुसाल, राप्रपाका जिल्ला उपसभापित चेतनाथ वाग्ले, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पूर्खाहरूले कसरी जीवन बिताएका थिए भन्ने कुरालाई अनुसन्धान गर्नका लागि यस्ता महोत्सव फलदायी हुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad