समाज


मिथुनलाई सुखद् यात्राको योग, कर्कटलाई सुखदुःख बराबर, तपाईँको के? हेर्नुस् २२ मंसिरको राशिफल

मिथुनलाई सुखद् यात्राको योग, कर्कटलाई सुखदुःख बराबर, तपाईँको के? हेर्नुस् २२ मंसिरको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
मंसिर २२, २०८१ शनिबार ४:४४, काठमाडौँ

आज शनिबार, २२ मंसिर २०८१ (७ डिसेम्बर २०२४)। हेर्नुहोस् आजको राशिफल -

मेष: दैनिक कार्यमा सफलता पाइनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। मनोरञ्जनमा सहभागिता पनि भइएला। लगानीका लागि नयाँ योजना बन्नेछ। प्रेमीको सहयोग मिल्नेछ तर आहार विहारमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ७७, यात्राको याेग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।    

वृष: दिन मध्यम खालको छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउने देखिन्छ तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक, संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ७३, यात्राको याेग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

मिथुन: सुखद् यात्राको योग छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ७९, यात्राको याेग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

कर्कट: सुखदुःख बराबरी खालको दिन छ। योजना गोप्य राखेर अघि बढ्नुहोला। साना समस्यामा अल्झिनु पर्नेछ। सहकर्मीबाट विरोध आउनसक्छ। लगानी र बजारले पनि साथ नदेला तर आफन्तबाट साथ र हौसला मिल्नेछ।   

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ३९, यात्राको याेग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह: शुभकार्यको चर्चा चल्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग रहेको छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ७६, यात्राको याेग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। याे राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।    

कन्या: शुभारम्भको चर्चा चल्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवा भाव बढेर जानेछ। रोकिएका कामको पुन: योजना बन्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ आकाशे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, सेयर बजारमा ८२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ५१, यात्राको याेग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। याे राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

तुला: शुभ कार्यमा सरिक भइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ७७, यात्राको याेग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।  

वृश्चिक: घर व्यवहारको समस्याले सताउन सक्छ। सामान हराउने वा चोरी हुने भय छ। प्रेमीसँग पनि असमझदारी बढ्नसक्छ तर धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ र नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ६१, यात्राको याेग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।   

धनु: रोकिएको काममा प्रयत्न गर्दा फाइदा हुनेछ। विविध परिकार खान पाइनेछ। धार्मिक यात्राको योग र योजना बन्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ६२, यात्राको याेग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

मकर: धार्मिक यात्राको योजना बन्नेछ। अधुरा कार्य सम्पादनमा सहजता मिल्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। बन्धु बान्धवबाट सहयोग पाइनेछ तर स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ७०, यात्राको याेग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने। 

कुम्भ: आफन्तबीच खटपट, चिन्ता र शंका उब्जिनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीहरूको पढाइमा मन नजान सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ५२, यात्राको याेग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।   

मीन: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ।  

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्ने छ।

यसैगरी स्वास्थ्थ अनुकूलता ३७, यात्राको याेग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। याे राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad