समाज


रवि र छविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

रवि र छविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १७:२, काठमाडौँ

पर्साको सानापाइला सहकारी ठगीको आरोपमा रवि लामिछाने र छविलाल बन्जाडे जोशीसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ।

साना पाइला सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट पक्राउको अनुमति लिएको हो।

जिवि भन्ने गितेन्द्रबाबु राई र यी तीनजनासमेतको संलग्नतामा ठगी भएको यो पाँचौँ सहकारी हो। यसअघि बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीको ठगी आरोपमा पनि अनुसन्धान भइरहेको छ।

लामिछानेलाई अहिले चितवन लगेर प्रहरीले बयान लिइरहेको छ। यसअघि उनलाई र छविलाई बुटवल, पोखरा र काठमाडौँमा सहकारी ठगीको आरोपमा बयान लिइएको थियो।

पोखरा, बुटवल र चितवनमा पुरक जाहेरीपछि अनुसन्धान भइरहेको हो। यस्तै  काठमाडौँमा पनि अनुसन्धान चलिरहेको छ। अब पर्सामा पनि दोस्रो चरणको अनुसन्धान अगाडी बढ्ने भएको हो। जिबिविरुद्ध यसअघि नै मुद्दा दर्ता भएर उनी फरार छन्।

तर यसअघिको अभियोग पत्रमा यी दुईजनासहित छुटेका १४ जनाविरुद्ध अनुसन्धान गर्न लागेको हो।

सहकारी ठगी सम्बन्धी छानबिन गर्न गठित समितिले उनीहरुको नाम तोकेरै कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो।

समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालय हुँदै पठाएको थियो। सोही प्रतिवेदनका आधारमा पर्सामा पनि दोस्रो चरणको अनुसन्धान हुन लागेको हो।

पर्सामा पक्राउ पुर्जी जारी भए पनि यही साता भने नलगिने भएको छ। आगामी आइतबार उनलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा लैजानुपर्छ।

यसअघि अदालतले दिएको म्याद सकिँदैछ।

म्याद थपपछि कास्की प्रहरीसँग समन्वय गरेर बयानका लागि आरोपिहरुलाई लैजाने जिल्ला प्रहरी कार्यालय पर्साको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad